अनलाइन कक्षा सञ्चालनका लागि एनसेल, एनप्याब्सन र प्याब्सनबीच सहकार्य

 साउन १८, २०७७ आइतबार १२:२३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एनसेल प्राइभेट लिमिटेड, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र निजी तथा आवासीय विद्यालय सङ्घ (प्याब्सन) बीच सहकार्य भएको छ ।

एनसेलले यो योजना अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा ल्याएको हो ।

कोरोना भाइरसका कारण बन्द भएको विद्यालयको पठनपाठनलाई मध्यनजर गर्दै अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजना ल्याइएकाे एनसेलले जनाएकाे छ । 

यस सहकार्यले विद्यार्थी, शिक्षक–शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडव्याण्डमा पहुँच सुनिश्चित गर्ने अपेक्षा एनसेलले लिएकाे छ ।

यस मासिक योजनामा विद्यार्थी तथा शिक्षक-शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्दछन् ।

विद्यार्थीले करबाहेक मासिक २५० रुपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी-फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्दछन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया