२४ घण्टामा २४६ जनामा काेराेनाकाे सङ्क्रमण

 साउन १८, २०७७ आइतबार १६:३२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको २४ घण्टामा नेपालमा थप दुई सय ४६ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको छ ।

आठ हजार आठ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै सङ्क्रमित हुनेको कुल सङ्ख्या २० हजार तीन सय ३२ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा एक सय ११ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या १४ हजार ६ सय तीन पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अब पाँच हजार तीन सय ६२ जना सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेका छन् । यस्तै १० हजार नौ सय ३४ जना क्वरेण्टीनमा रहेका छन् । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया