नेप्से परिसूचक झण्डै ४३ अङ्कले घट्यो, १ अर्ब ८४ करोडभन्दा धेरैको कारोबार

 साउन १८, २०७७ आइतबार १७:३६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेप्से परिसूचक आज झण्डै ४३ अंकले घटेको छ ।

कारोबार हुने हप्ताको पहिलो दिन आज परिसुचक ४२ दशमलव ७८ अंकले घटेर १३ सय ९६ दशमलव २८ अंकमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

यस्तै आज क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आज ८ दशमलव १८ अंकले घटेको छ । आज सबै समूहका उपसुचकहरु घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको २८३ दशमलव ८ र निर्जीवन बीमा समूहको २३१ दशमलव ६६ अंकले घटेको हो । प्रतिशतको आधारमा सबैभन्दाम धेरै होटल समूहको उपसूचक ४ दशमलव ४९ अंकले घटेको छ ।

आज दिनभर १ अर्ब ८४ करोड १२ लाख रुपैयाँभन्दा धेरैका ४६ लाख ६१ हजार कित्ता सेयर किनबेच भएका छन् । नेपाल रिईन्स्योरेन्स कम्पनी लिमिटेडको आज सबैभन्दा धेरै २२ करोड ६५ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । त्यस्तै आज नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ५६ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।

आज आरम्भ सेन्चुरी लघुवित्त वित्तिय संस्था लिमिटेडले झण्डै १० प्रतिशत कमाए पनि जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत गुमाएका छन्

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया