अमिताभ बच्चन काेराेना सङ्क्रमणमुक्त भएर घर फर्किए

 साउन १८, २०७७ आइतबार १७:४३:३३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बलिवुड अभिनेता अमिताभ बच्चन काेराेनामुक्त भएर घर फर्किएका छन् । 

आइतबारकाे काेराना परीक्षणमा रिपाेर्ट नेगेटिभ आएसँगै आफू डिस्चार्ज भएकाे अमिताभ बच्चनले ट्विटरमार्फत जानकारी दिएका छन् । 

आफ्नाे उपचारमा संलग्न स्वास्थ्यकर्मी, आफ्नाे लागि प्रार्थना गर्ने समर्थकलगायत सम्पूर्ण अस्पताल प्रशासनलाई उनले धन्यवाद दिएका छन् । 

गएकाे महिना काेराेना सङ्क्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । अमिताभसँगै उनका छाेरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यामा पनि काेराेनाकाे सङ्क्रमण पुष्टि भएकाे थियाे । 

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया