जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा, विराटनगरको न्यूरो अस्पतालले बन्द गर्याे आकस्मिक सेवा

 साउन १९, २०७७ सोमबार ८:४३:४० | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा आज राति १२ बजेदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईकाअनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको हो ।

राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरुबाहेक अरु सेवा २६ गतेसम्मका लागि बन्द गरिएको उपमहानगरपालिकाका प्रमुख लालकिशोर शाहले बताउनुभयो ।

यसैबीच मोरङ विराटनगरको न्यूरो अस्पतालले आकस्मिक र बहिरङ्ग सेवा बन्द गरेको छ । अस्पतालका एक जना डाक्टरमा कोरोनाको सङ्क्रमण देखिएपछि आकस्मिक सेवा बन्द गराइएकोमा आजदेखि आकस्मिक र बहिरङ्ग सेवा बन्द गरेको अस्पतालले जनाएको छ ।

न्यूरो अस्पतालको कोभिड-१९ व्यवस्थापन समितिको हिजो बसेको आकस्मिक बैठकले कोरोना भाइरस सङ्क्रमण थप फैलिन नदिन  आकस्मिक र बहिरङ्ग सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

अन्तिम अपडेट: चैत ३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया