दुई अमेरिकी अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए, समुद्रमा अवतरण

 साउन १९, २०७७ सोमबार ९:६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किनुभएको छ ।

उहाँहरु अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्र गल्फ अफ मेक्सिकोमा अवतरण हुनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तरिक्ष यात्री डग र बबले समुद्रमा पानीमाथि अवरण गर्नुभएको हो । व्यवसायिक क्षेत्रबाट अन्तरिक्ष यात्रा गरेर अन्तरिक्ष यात्री सफल रुपमा पृथ्वीमा फर्किएको यो पहिलो पटक हो । 

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले निजी कम्पनी स्पेस एक्ससँगको सहकार्यमा यो यान अन्तरिक्षमा पठाएको थियो । ड्रयागन क्याप्सुल स्पेस एक्सले उपलब्ध गराइ उसैले सञ्चालन गरेको हो । यो यान चीनबाट ४ सय २२ किलोमिटरको दूरीमाथि रहेको अन्तरिक्ष स्टेशनमा गएको मे ३१ मा प्रवेश गरेको थियो । 

चुहावट, दबाब र तापक्रमको जाँचका लागि केही प्रतिक्षा गरेपछि पहिल्यै आईएसएसमा रहेका रुसी र अमेरिकी टोलीसँग सामेल हुन ड्रयागन क्याप्सुलमा रहेका यात्रीहरु स्टेशनमा प्रवेश गरेका थिए ।

हर्ली र बेन्कनसहितको अन्तरिक्ष यान ड्रयागन क्याप्सुल गएको मे ३० मा अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिएको थियो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया