ओली र प्रचण्डबीच आज पनि भेटवार्ता, भोलि फेरि छलफल

 साउन १९, २०७७ सोमबार १२:२०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल भएको छ । 

आज बिहान बालुवाटारमा भएको छलफलमा ठोस सहमति नजुटेपछि भोलि फेरि भेटवार्ता हुने ओलीको निजी सचिवालयले जनाएको छ ।

लामो समयको संवादहीनतापछि हिजोदेखि दुई अध्यक्षबीच छलफल सुरु भएको हो । 

साउन १३ गते ओलीले स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्डको अध्यक्षतामा त्यही दिन केही नेताहरुको भेला बसेको थियो ।

आन्तरिक विवादका कारण असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक अझै टुङ्गोमा पुग्न सकेको छैन । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया