काेशी अस्पतालमा उपचार गराइरहेका काेराेना सङ्क्रमितकाे मृत्यु

 साउन १९, २०७७ सोमबार १८:६:३१ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएकाे छ ।

विराटनगर महानगरपालिका ५ आदर्श टोलका ७७ वर्षीय पुरुषको मृत्यु भएकाे जिल्ला स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । ती पुरुष मधुमेह तथा उच्च रक्तचापको बिरामी रहेकाे अस्पतालले जनाएको छ ।

साेमबार प्रदेश १ मा मात्रै ५७ जना कोरोनाका सङ्क्रमित थपिएका छन् । याेसँगै प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या एक हजार एक सय २८ पुगेको छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया