लगानी बाेर्डकाे सीईओमा सुशील भट्ट नियुक्त

 साउन १९, २०७७ सोमबार १९:५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्ट नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सीईओमा भट्टलाई नियुक्त गरेको हो ।

भट्ट अहिले राष्ट्रिय योजना आयोगको सदस्य हुनुहुन्छ । लगानी बोर्डमा उहाँको कार्यकाल चार वर्षको हुनेछ । बोर्डका सीईओ नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि याे पद खाली रहेको थियो ।

बोर्डले आवेदन माग गरेको थियो । विभिन्न क्षेत्रका १२ जनाले आवेदन दिए पनि सरकारले सुशील भट्टलाई नियुक्त गरेको हो ।

विदेशी लगानी छोटो प्रक्रियाबाट भित्र्याउन र सहजीकरण गर्न तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको कार्यकालमा लगानी बोर्डको गठन भएको हो ।

बोर्डले ६ अर्ब रुपैयाँभन्दा माथिका परियोजना र दुई सय मेगावाटभन्दा माथिको जलविद्युत् आयोजनाको स्वीकृति र सहजीकरण गर्दछ ।  

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया