कोरोना विरुद्धको उपयुक्त खोप कहिल्यै पत्ता लाग्दैन : डब्ल्यूएचओ

 साउन २०, २०७७ मंगलबार १०:२०:५० | उज्यालो सहकर्मी
unn.prixa.net


काठमाण्डौ - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसविरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता लाग्न नसक्ने जनाएको छ । 

संगठनका महानिर्देशक डाक्टर टेड्रोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरस विरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्न सक्ने बताउनुभएको हो ।

उहाँले विश्वभरका मानिसलाई सामाजिक दूरी, हातको सफाइ तथा मास्क प्रयोग गर्नेसहितका उपायहरु अपनाउन अपिलसमेत गर्नुभएको छ । 

केही खोपहरु तेस्रो चरणको मानवीय परीक्षणको क्रममा भएकाले सङ्क्रमणबाट जोगाउन खोप प्राप्त हुने आशा रहेको भन्दै अहिलेका लागि महामारी नियन्त्रणमा लिने उपाय भनेको परीक्षण, आइसोलेशन र बिरामीको उपचार नै भएको बताउनुभयो । 

यस्तै सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गरी क्वरेण्टीनमा राख्नुको विकल्प नभएको उहाँको भनाइ छ । यसैबीच  डाक्टर टेड्रोजले कोरोना भाइरसको सङ्क्रमण भएका आमाहरुलाई सन्तानलाई दूध चुसाउन नछोड्न पनि आग्रह गर्नुभएको छ । 

दूधबाट सङ्क्रमण नफैलिने भएकाले स्तनपान जारी राख्न उहाँले जोड दिनुभएको हो । अहिलेसम्म विश्वभर एक करोड ८४ लाख भन्दा धेरै मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ६ लाख ९७ हजारको ज्यान गएको छ । १ करोड १६ लाख भने उपचारपछि निको भएका छन् । 

अन्तिम अपडेट: चैत ३, २०८०

1 Comments

  • Hari Pathak

    Aug. 4, 2020, 12:19 p.m.

    खोप हैन पत्रकार, औषधि

  •  0 Reply

तपाईको प्रतिक्रिया