अस्ट्रेलिया–वेस्ट इण्डिजबीचकाे टी–२० सिरिज स्थगित

 साउन २०, २०७७ मंगलबार १२:५८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलिया र वेस्ट इण्डिजबीचकाे टी–२० अन्तर्राष्ट्रिय सिरिज स्थगित भएको छ । अस्ट्रेलियाकाे क्रिकेट बाेर्डले मङ्गलबार वेस्ट इण्डिजसँगकाेसिरिज स्थगित गरिएको जनाएको हो ।

अस्ट्रेलिया र वेस्ट इण्डिजबीच आउँदाे अक्टोबरको सुरुवातमा टी–२० सिरिज खेल्ने तय भएको थियो । अस्ट्रेलियामा तय भएकाे आईसीसी टी–२० विश्वकपअघि दुई टोलीबीच सिरिज खेल्ने तय भएको थियो तर विश्वकप एक वर्ष सरेपछि सिरिज स्थगित गरिएको क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

सिरिज स्थगित भएपछि दुवै टोलीका खेलाडीलाई इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न बाटो खुलेको छ । यूएईमा आयोजना हुने आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिखसम्म हुँदैछ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया