आफ्नै शरीरमा आगाे लगाउने क्वरेण्टीनका सुरक्षा गार्डकाे ज्यान गयाे

 साउन २०, २०७७ मंगलबार १३:२६:४४ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीको क्वरेण्टीनमा खटिएका एक सुरक्षा गार्डले आत्महत्या गरेका छन् । देवदह नगरपालिका ५ मितेरी टोलका २४ वर्षीय विपिन बस्यालयले आफ्नै शरीरमा आगाे लगाउँदा उनकाे जलेर ज्यान गएकाे हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार वडा नम्बर ७ शीतल नगरकाे क्वरेण्टीनमा खटिएका सुरक्षा गार्ड बस्यालले बिहान ४ बजेतिर आफ्नाे शरीरमा मट्टीतेल खन्याएर आगो लगाएको अवस्थामा भेटिएका थिए । स्थानीय देवदह मेडिकल कलेजमा उपचार हुन नसकेपछि पाल्पा लैजाँदै गर्दा उनकाे बुटवलमा ज्यान गएकाे हाे । 

उनी मानसिक रोगका बिरामी भएकाे बताइएकाे छ । आगो लगाउनुका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • PP Tamu

    Aug. 4, 2020, 7:33 p.m.

    मानसिक रोग भन्यो, बबाल सिद्द्दियो भन्छ होला ! यो हुनै नसक्ने र पत्याउनै नमिल्ने कुरो होनि ! अलिकती पत्याउने कुरो पो लेख्नुनी हाउ साथी हो !

  •  0 Reply

तपाईको प्रतिक्रिया