आईपीएलद्वारा चिनियाँ कम्पनी भिभोसँगकाे २२ सय करोड भारुको प्रायोजन सम्झौता रद्द

 साउन २०, २०७७ मंगलबार १८:१९:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीन र भारतबीचको विवाद क्रिकेटसम्म पुगेको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले चिनियाँ मोबाइल कम्पनी भिभोसँगको मुख्य प्रायोजन सम्झौता रद्द गरेको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएकाे छ । 

यस वर्षको आईपीएल आउँदो १९ सेप्टेम्बरदेखि यूएईमा हुँदैछ । चीनसँग तनाव बढ्दै गएपछि आईपीएलमा भिभो मोबाइलको मुख्य प्रायोजन हटाउन बीसीसीआईमाथि चर्को दबाब परेपछि उसले भिभोसँगको सम्झौता तोडेको हो । 

भिभोले पाँच वर्षसम्म मुख्य प्रायोजन गर्नको लागि सन् २०१८ मा आईपीएलसँग दुई हजार एक सय ९९ करोड भारुको सम्झौता गरेको थियो । 

सीमा क्षेत्रमा चिनियाँ सेनासँगको आक्रमणमा २० जना भारतीय सैनिकको ज्यान गएपछि दुई देशबीच तनाव बढिरहेको छ ।  

विस्तृत विवरणका लागि यहाँ जानुहाेस् । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया