कासिलासले सन्न्यास लिए

 साउन २०, २०७७ मंगलबार १९:३७:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – रियल मड्रिड तथा स्पेनका गोलकीपर इकर कासिलासले व्यावसायिक फुटबल खेलबाट सन्न्यास लिने घोषणा गरेका छन् । 

उनले एक हजारभन्दा धेरै खेलमा सहभागिता जनाएका छन् । खेल जीवनको १६ वर्ष रियल मड्रिडमा बिताएका कासिलासले अन्तिम पाँच वर्ष पोर्चुगल क्लब पोर्टाेमा बिताएका थिए । 

कासिलासले आफ्नो करियरमा एउटा विश्व कप (सन् २०१०), दुई वटा युरोपेली च्याम्पियनशिप, पाँच वटा ला लिगा टाइटल र तीन वटा च्याम्पियन्स लिगको ट्रफी जितेका छन् । 

साथै उनले चार पटक सुपरकोपा दि इस्पाना, दुई पटक यूईएफए सुपर कप र फिफा क्लब वर्ल्ड कप उचालेका छन् । 

उनी दुई पटक ला लिगाको उत्कृष्ट गोलकीपर, पाँच पटक फिफा फिफप्रो वर्ल्ड ११, सन् २०१० मा वर्ल्ड कप गोल्डेन ग्लोब जित्दै सन् २०१९ मा प्रिमिरा लिगा उत्कृष्ट गोलकीपर चुनिएका थिए । 

रियल मड्रिडले कासिलासलाई आफ्नो क्लब इतिहासकै र स्पेनकै सर्वाेत्कृष्ट गोलकीपर भएको बताएको छ ।  

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया