रुसले बनाउँदै गरेको कोरोना भाइरस विरुद्धकाे खोपमाथि विश्व स्वास्थ्य संगठनले गर्‍याे शङ्का

 साउन २१, २०७७ बुधबार १०:२२:४३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य संगठनले रुसले बनाउँदै गरेको कोरोना भाइरस विरुद्धको खोपप्रति शङ्का व्यक्त गरेको छ ।

संगठनका प्रवक्ता क्रिस्टियन लिंडमियरले  तेस्रो चरणको परीक्षण विना नै खोप उत्पादन गरेमा कि त्यसको लाइसेन्स खारेज हुने वा त्यसलाई खतरनाक मान्न सकिने भन्दै शङ्का व्यक्त गर्नुभएको हो ।

खोप उत्पादनका लागि कैयाैं  नियम पालना गर्नुपर्ने भए पनि रुसले त्यसो नगरेको उहाँको भनाई छ ।  रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरासकोले भने अक्टोबरदेखि रुसमा कोरोना भाइरसको खोप उत्पादन सुरु गर्ने घोषणा गर्नुभएको छ ।

खोप स्वास्थ्यकर्मी, नर्स र शिक्षकलाई पहिलो प्राथमिकतामा राखेर दिइने बताउनुभएको छ । रुसले ३ करोड डोज देशमा बनाउने तयारी गरेको छ भने विदेशमा १७ करोड डोज तयार गर्ने बताउँदै आएको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया