श्रम मन्त्रालयको कार्य प्रगति ७५ प्रतिशत : प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पाए ६० हजारभन्दा धेरैले काम

 साउन २१, २०७७ बुधबार १२:१६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० हजारभन्दा धेरै जनाले रोजगारी पाएका छन् ।

आर्थिक वर्ष २०७६/ ७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६० हजार ६ जनाले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत स्थानीय स्तरमा छनोट भएका योजनामा बेरोजगारको सूचीमा सूचीकृतहरुले यो रोजगारी प्राप्त गरेका हुन् ।

मन्त्रालयले गएको आर्थिक वर्षमा ४९ प्रतिशत वित्तीय प्रगति गरेको पनि जनाएको छ । विभिन्न ११ वटा आयोजनाहरुका लागि ६ अर्ब ४० करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा तीन अर्ब ८ करोड ३९ लाख रुपैयाँ चालुतर्फ र पूँजीगतर्फ ५ करोड ८१ लाख खर्च गरेर समग्रमा ४९ प्रतिशत वित्तीय प्रगति गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जम्मा ७५ प्रतिशत कार्य प्रगति गरेको जनाएको छ भने मन्त्रालयको बेरुजु फछ्यौंट पनि ५५.५० प्रतिशत र गुनासो व्यवस्थापनमा ७२ प्रतिशत प्रगति भएको जनाएको छ ।

श्रम मन्त्री रामेश्वर राय यादवले कोरोना महामारीका बेलामा पनि सन्तोषजनक प्रगति हासिल भएको बताउनुभएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया