धरान उप–महानगरपालिकाले पनि गर्‍याे लकडाउन घाेषणा

 साउन २१, २०७७ बुधबार १२:३९:३ | सुमन तिमल्सिना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सुनसरी – सुनसरीको धरान उपमहानगरपालिकाले लकडाउनको घोषणा गरेको छ ।

आज राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताको लागि लकडाउन घोषणा गरिएको धरान उप–महानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले जानकारी दिनुभयो ।

समुदायस्तरमा कोरोना सङ्क्रमित थपिएको भन्दै सुनसरीको ईटहरी उपमहानगरपालिका, ईनरुवा नगरपालिका र दुहबी नगरपालिकाले हिजो लकडाउनको घोषणा गरेकामा आज धरान उपमहानगरपालिकाले पनि लकडाउनको घोषणा गरेको हो ।

योसँगै सुनसरीमा लकडाउन गर्ने पालिकाको सङ्ख्या ४ पुगेको छ । लकडाउनको बेला अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको भण्डारीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया