बाजुरामा खाद्य सङ्कट सुरु

 साउन २१, २०७७ बुधबार १६:३:४२ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – बाजुराको पूर्वीउत्तर क्षेत्रका चार वटा पालिकामा खाद्य सङ्कट सुरु भएको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडको कोल्टी डिपो र कवाडी डिपोमा दुई महिनादेखि खाद्य सामग्री रित्तिँदा स्वामीकार्तिक खापर, हिमाली र जगनाथ गाउँपालिका तथा बूढीनन्दा नगरपालिकामा खाद्य सङ्कट सुरु भएको हो ।

कामका लागि भारत तथा देशकै विभिन्न ठाउँ गएकाहरु समेत गाउँ फर्किएका र खाद्य डिपोमा खाद्यन्न मौज्दात शून्य हुँदा गाउँघरमा खानाकै समस्या हुन थालेको स्थानीयले गुनासो गरेका छन् । लिमिटेडको क्षेत्रीय कार्यालय धनगढीले बाजुरामा सडकको कारण देखाउँदै खाद्यन्न पठाएको छैन । गाउँभरि नै खाद्यन्न सकिएपछि कोरोनाको त्रास भोगिरहेका बाजुराबासीहरुलाई भोकमरीको चिन्ताले सताउन थालेको छ ।

बाजुरामा ४० प्रतिशतभन्दा धेरै मानिसलाई आफ्नो उत्पादनले तीन महिना पनि खान नपुग्ने अवस्था रहेको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले जानकारी दिनुभयो । यही कारण खाद्य लिमिटेडको चामल नपुगेमा गाउँमा भोकमरी सुरु हुन्छ ।

बाजुराको क्षेत्रफलको ९ दशमलव २१ प्रतिशत जमिन मात्रै खेतीयोग्य छ । त्यसमा पनि एक दशमलव चार प्रतिशत जमिनमा मात्रै सिँचाइकाे सुविधा छ । खाद्यन्न उत्पादन नै थोरै हुने भएकोले साउन/भदौमै खाद्यन्न अभाव सुरु हुन्छ । यो वर्ष त सडक तथा कोरोना महामारीको कारण देखाउँदै लिमिटेडले खाद्यन्न ढुवानी नगरेपछि  अब के खाने भन्ने समस्या सुरु भएको छ ।

नागरिक समाज बाजुराका अध्यक्ष अग्निराज शाहीले सरकारले विभिन्न कारण देखाएर खाद्यन्न ढुवानी नगरि स्थानीयको बाँच्न पाउने अधिकार नै खोसेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • नारायण बस्न्यात , त्रियुगा न पा, उदयपुर

    Aug. 5, 2020, 5:41 p.m.

    भौगोलिक विकटता र प्रसस्त खेतीयोग्य जमिनको अभावमा खाद्यान्न संकटले वाजुरावासीलाइ वर्षेेनी गांजेको छ। यस भेकका जनताको वस्तुस्थिति सरकार र खाद्यान्न लिमिटेडलाई घाम जस्तै छर्लङ्ग छ। तथापि अनुकुल मौसममा खाद्य लिमिटेडले खाद्यान्न भन्डारणमा चरम लापरबाही गरि जनताको बाँच्न पाउने नैसर्गिक अधिकारलाई कुन्ठित गरेको छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया