म कुनै पनि गुटमा लाग्दिन : नेता गौतम

 साउन २१, २०७७ बुधबार १६:२१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि गुटमा नलाग्ने बताउनुभएको छ । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा भएको भेटमा उहाँले कुनै सानो वा ठूलो गुटमा नलाग्ने बताउनुभएको उहाँका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताउनुभयो । उहाँले विज्ञप्तिमार्फत आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभइ पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पार्नुभएको हो । 

अध्यक्ष प्रचण्डले ‘अब तपाई के गर्नुहुन्छ ?’ भनेर सोधेको प्रश्नको जवाफमा उपाध्यक्ष गौतमले आफू कुनै गुटमा नरहेको स्पष्ट पार्नुभएको हो । 

यही साउन १३ गते गौतमले पार्टीभित्रको विवाद अन्त्यका लागि भन्दै ६ बुँदे प्रस्ताव राख्नुभएको थियो । प्रस्तावमार्फत उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीले कुनै पनि पद छाड्न नपर्ने र अर्का अध्यक्ष प्रचण्डलाई

कार्यकारी अधिकारको जिम्मेवारी सम्हाल्नुपर्ने उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमको समर्थन गर्नुभएको थियो । 

यही साउन १३ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएसँगै नेकपाभित्रको विवाद थप चुलिएको छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया