२४ घण्टामा ३८१ जनामा काेराेनाकाे सङ्क्रमण, १३० जना डिस्चार्ज

 साउन २१, २०७७ बुधबार १६:३४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा नेपालमा थप तीन सय ८१ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल सङ्ख्या २१ हजार तीन सय ९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा थप एक सय ३० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १५ हजार एक सय ५६ पुगेको छ । 

साथै पछिल्लाे २४ घण्टामा थप दुई जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुगेको मन्त्रालयले जनाएको छ । 

अहिले ६ हजार एक सय ७४ जना आइसोलेसनमा छन् भने नौ हजार नौ सय २५ जना क्वरेण्टीनमा छन् । अहिलेसम्म चार लाख १२ हजार नौ सय ५३ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण भएको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया