विराटनगरमा काेराेनाबाट २ जनाकाे मृत्यु

 साउन २१, २०७७ बुधबार १७:३३:५१ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – कोरोना सङ्क्रमणबाट विराटनगरमा बुधबार दुई जनाको मृत्यु भएकाे छ । कोशी अस्पतालको आइसोलेशनमा रहेका विराटनगर ९ का ४५ वर्षीय पुरुष र रङ्गेली ८ का ४५ वर्षीय पुरुषको मृत्यु भएकाे कोशी अस्पतालले जनाएको छ ।

विराटनगरका पुरुषमा श्वासप्रश्वास, ज्वरोलगायतका समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए भने रङ्गेलीका पुरुषको भने अस्पताल ल्याएलगत्तै बुधबार दिउँसो मृत्यु भएकाे जिल्ला स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले बताउनुभयो । मृत्यु भएपछि काेराेना परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।    

यस्तै मङ्गलबार पर्सामा दुई जनाको काेराेनाबाट मृत्यु भएकाे थियाे । नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ६२ पुगेको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया