जनता समाजवादी पार्टीकाे केन्द्रीय कार्यकारिणी बैठक सुरु

 साउन २१, २०७७ बुधबार १९:१०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबारदेखि सुरु भएको छ । 

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा)कोे केन्द्रीय कार्यकारिणी समितिको पहिलो बैठक बुधबारदेखि सुरु भएको छ । ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बैठक सुरु भएको हो ।

बैठकको पहिलो दिन नेताहरुबीच परिचय आदानप्रदान भएको केन्द्रीय सदस्य मनिष सुमनले बताउनुभयो । उहाँले पार्टीको राजनीतिक प्रतिवेदन, अनुशासन आचारसंहिता, पार्टीको समायोजन कार्य निर्देशिका र समसामयिक राजनीतिक परिस्थितिलगायतका विषय बैठकको एजेण्डा रहेको बताउनुभयो ।

बैठकमा दुई पार्टीको एकतापछिको सङ्गठन समायोजन र पदाधिकारीको कार्य विभाजनका सम्बन्धमा पनि छलफल हुने छ । त्यस्तै पार्टी एकीकरणपछि विधि विधानअनुसार सङ्घीय संसदीय दलमा संयुक्त नेता चयन हुने र प्रदेश संसदमा पनि दलका नेता चयन हुने भएकाले प्रदेश सरकारमा पर्ने असरको सम्बन्धमा पनि छलफल हुने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया