प्रचण्डकाे सुरक्षामा खटिएका ६ जनामा कोरोना पुष्टि

 साउन २२, २०७७ बिहिबार १३:५४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निजी सुरक्षा दलका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको अध्यक्ष प्रचण्डका निजी सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार पहिलो घेरामा रहेका सुरक्षाकर्मीमा भने सङ्क्रमण पुष्टि भएको छैन । कोरोना पुष्टि भएका उनीहरुको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा परीक्षण गरिएको थियो । 

अन्तिम अपडेट: चैत १९, २०८०

तपाईको प्रतिक्रिया