‘प्रचण्ड र परिवारका सदस्यमा कोरोना सङ्क्रमण छैन’

 साउन २२, २०७७ बिहिबार १४:४९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तर परिवारका सदस्य, सचिवालय र अरु कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नदेखिएको प्रचण्डकी पुत्री गंगा दाहालले फेसबुकमार्फत जानकारी दिनुभएको छ ।

प्रचण्डलगायत परिवारका सबै सदस्य र निजी सचिवालयका सबैको परीक्षण भएको र बाहिरी घेरामा रहने ६ जनाबाहेक अरु कसैमा पनि सङ्क्रमण नदेखिएको दाहालले जानकारी दिनुभएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया