ललितपुरका यी ठाउँमा भाेलि र पर्सी दिनभर बत्ती जाने

 साउन २२, २०७७ बिहिबार १८:१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

 ललितपुर – ललितपुरका केही ठाउँमा शुक्रबार र शनिबार दिनभर बत्ती जाने भएकाे छ । 

पुल्चोक वितरण केन्द्रको टेकु रि‌ङ रोड फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्ने कार्य गर्नुपर्ने भएकोले शुक्रबार र शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शट डाउन हुने विद्युत् प्राधिकरणले जनाएकाे छ । 

टेकु रिङ राेड फिडर अन्तर्गत बागडोल क्षेत्र आसपास, सनराइज टावर अफलोडल, सानेपा रिङ ‌रोडबाहिर, खाद्य गोदाम आसपास, चाइनिज क्याम्प क्षेत्रलगायत यस फिडरबाट सप्लाइ लिएका  क्षेत्रमा बत्ती जाने भएकाे हाे ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया