कोरोनाबाट थप एक जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ६६ पुग्यो

 साउन २३, २०७७ शुक्रबार ९:५८:३८ | सुमन तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ । 

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार गराइरहेका सिरहा गोलबजारका २३ वर्षीय युवकको आज बिहान ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले जानकारी दिनुभयो ।

ती युवकको जनकपुरमा डायलाइसिस गर्ने क्रममा कोरोना पोजेटिभ आएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । सुरुमै चिन्ताजनक अवस्थामा ल्याइएका युवकको आज बिहान ज्यान गएको प्रसाईंले बताउनुभयो। 

यसबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ । अहिलेसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गरिएकोमा २१ हजार ७ सय ५० जनाको रिपोर्ट पोजेटिभ आएको छ । 

जसमध्ये १५ हजार ३ सय ८९ जना उपचारपछि निको भएका छन् । ६ हजार २ सय ९६ जना  आइसोलेशनमा तथा ९ हजार ४ सय ७० जना क्वरेण्टीनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया