सहमति विना प्रधानमन्त्री ओलीको राजीनामा आउँदैन : टोपबहादुर रायमाझी

 साउन २३, २०७७ शुक्रबार १२:२:१४ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले सहमति विना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताउनुभएको छ । 

अर्घाखाँचीमा भएको कार्यक्रममा नेता रायमाझीले आलोपालो प्रधानमन्त्री बन्ने पहिलेको सहमति भए पनि सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भन्दै गरेको प्रस्ताव सर्व-सहमतिले पारित भएकले यसै सहमतिअनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो । 

उहाँले सीमा विवाद र कोरोना महामारी नियन्त्रण गर्नुपर्नेमा नेताहरु पदीय भुमरीमा फसेको समेत टिप्पणी गर्नुभयो । पाटीको अन्तरविरोधभन्दा कोरोना नियन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेको पनि नेता रायमाझीको भनाइ छ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले यसअघि पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत बनेका नेताहरुलाई कुन पदमा राख्ने भन्ने नै पार्टीमा देखिएको अन्तरविरोधको प्रमुख कारण बनेको बताउनुभयो। 

पाटी फुटे कस्तो हालत हुन्छ भन्ने हेर्न सिपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराई हेरे मात्रै पनि पुग्ने भन्दै उहाँले व्यक्तिभन्दा संगठन र पार्टी ठूलो हुने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया