नारायणकाजीलाई ओलीका सल्लाहकारको टिप्पणी : 'पदको लाज त जोगाउनुहोस्'

 साउन २३, २०७७ शुक्रबार १३:६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला नेताहरुबीच आरोप-प्रत्यारोप, घोचपेच र टीकाटिप्पणी पनि बढ्न थालेको छ । 

यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै ट्वीट गर्नुभएको छ । 

‘इनफ इज इनफ’ भन्दै उहाँले प्रवक्ता श्रेष्ठलाई मेन्सन गरेर ट्वीट लेख्नुभएको छ कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् र विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्नुहोस् ।’ 

उहाँले पार्टी एकताविरुद्ध कुनै पनि गतिविधि कतैबाट नहोस् भन्दै अगाडि लेख्नुभएको छ ‘देश संवेदनशील मोडमा छ, महसुस होस् ।’

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया