भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

 साउन २३, २०७७ शुक्रबार १३:४७:५८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना सङ्क्रमितको सङ्ख्याको आधारमा भारत विश्वको तेस्रो सबैभन्दा प्रभावित देश हो । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख नाघेको छ । 

भारतमा पछिल्लो २४ घण्टामा थप ५८ हजारभन्दा धेरैमा कोरोनाको सङ्क्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा सङ्क्रमितको कुल सङ्ख्या २० लाख २१ हजार चार सय सात पुगेको हो । 

गएको २० दिनमा सङ्क्रमण दुई गुणा भएको हो । यो दर अमेरिका र ब्राजिलको तुलनामा धेरै हो । सङ्क्रमितको सङ्ख्याको आधारमा भारतभन्दा अघि पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ । 

भारतमा कोरोना सङ्क्रमणको कारण अहिलेसम्म ४० हजारभन्दा धेरैको मृत्यु भएको छ । मृतकको सङ्ख्याको आधारमा भारत विश्वको पाँचौँ सबैभन्दा बढी प्रभावित देश हो । 

अहिलेसम्म विश्वभर एक करोड ९२ लाख ७२ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा सात लाख १७ हजारभन्दा धेरैको मृत्यु भएको छ । 

त्यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड २३ लाख ७२ हजारभन्दा धेरै निको भइसकेका छन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया