यी हुन् कोरोनामुक्त ६ जिल्ला

 साउन २३, २०७७ शुक्रबार १८:४७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा ६ वटा जिल्ला कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पश्चिममा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । यी जिल्लामा एक पटक सङ्क्रमण पुष्टि भए पनि अहिले सबै निको भएर डिस्चार्ज भइसकेका छन् ।

महोत्तरी, पर्सा, रौतहट, काठमाण्डौमा भने पाँच सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लाे समय काठमाण्डाै पनि काेराेना सङ्क्रमणकाे उच्च जाेखिममा रहेकाे छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया