काेराेनाकाे जाेखिम बढ्याे, असनदेखि टेकुसम्मको क्षेत्र सिल गरिने

 साउन २३, २०७७ शुक्रबार १८:४०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैका मुख्य व्यापारिक क्षेत्र न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्रलगायत व्यापारिक केन्द्र सिल गर्ने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमण देखिएका स्थान र बस्ती वरपर सिल गर्ने गरी तयारी भइरहेको काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । यसअघि काठमाण्डाै महानगरपालिका २२ को वडा समिति, स्थानीय सङ्घ संस्था, व्यापारीलगायतको छलफलले तत्कालका लागि सबै पसल र कार्यलय बन्द गर्ने निर्णय गरेको थियो ।

केही व्यापारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै न्युरोडको उत्तरी क्षेत्रका पसल र सबै कार्यालय बन्द गर्न भनिएको वडा नम्बर २२ का वडाध्यक्ष चिनिकाजी महजर्नले बताउनुभयो ।

पछिल्लाे केही हप्तायता काठमाण्डाै उपत्यका काेराेनाकाे उच्च जाेखिममा रहेकाे छ । पछिल्लाे २४ घण्टामा मात्रै काठमाण्डाै उपत्यकामा थप एक सय ६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया