प्रधानमन्त्री ओलीमा कोरोना सङ्क्रमण देखिएन

 साउन २३, २०७७ शुक्रबार २१:४६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशका मन्त्रीको सम्पर्कमा आएपछि प्रधानमन्त्री ओलीको पनि कोरोना परीक्षण गरिएको हो ।

प्रदेश–२ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना पोजिटिभ देखिएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै यसबारेमा जानकारी दिनुभएको हो ।

उहाँका अनुसार प्रधानमन्त्री ओली, सुवासचन्द्र नेम्वाङ, डाक्टर शिवमाया तुम्बाहाङ्फेलगायत सात जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

 

अन्तिम अपडेट: बैशाख ११, २०८१

1 Comments

  • धरणी घिमिरे

    Aug. 7, 2020, 10:19 p.m.

    खुसीकाे खबर किनकि प्रधानमन्त्री काे भर्खर मात्र मृगौला प्रत्यारोपण भएकाे हाे त्यसैले संक्रमण भएमा निकाे हुुन कठिन हुने थियाे हाेला ।

  •  0 Reply

तपाईको प्रतिक्रिया