भारतमा विमान दुर्घटना, पाइलटसहित १७ जनाको ज्यान गयो

 साउन २४, २०७७ शनिबार ६:४६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतको केरलामा विमान दुर्घटना हुँदा पाइलटसहित १७ जनाको ज्यान गएको छ । 

दुबईबाट आएको विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर गएपछि दुर्घटना भएको हो । 

विमानमा कोरोना सङ्क्रमणका कारण जागिर गुमाएका, भिसा अवधि सकिएका, घुम्न गएर दुबईमै अड्किएकालगायत गरी १० बालबालिकासहित १९० जना रहेका भारतीय संचारमाध्यमले जनाएका छन्। 

विमानमा रहेकामध्ये १ सय ६० जना घाइते भएका छन् । उनीहरुलाई विभिन्न अस्पताल लगिएको छ ।


 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया