म्यान्चेष्टर सिटी र लियोन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

 साउन २४, २०७७ शनिबार ७:२०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - म्यान्चेष्टर सिटी र लियोन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । राति भएको खेलमा युभेन्टसलाई अवे गोलमा जित निकाल्दै लियोन अन्तिम ८ मा पुगेको हो ।

घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे पनि युभेन्टसलाई च्याम्पियन्स लिगमा अघि बढाउन सकेनन् । 

दोस्रो लेगको खेल २-२ को बराबरीमा सकिएपछि अवे गोलका आधारमा लियोन क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

यस्तै राति नै भएको खेलमा रियल मड्रिडलाई २-१ ले हराउँदै म्यान्चेस्टर सिटी अन्तिम ८ मा पुगेको छ । अब म्यान्चेस्टर सिटीले क्वार्टरफाइनलमा लियोनसँग आउँदो शनिबार प्रतिस्पर्धा गर्नेछ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया