प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलले चेल्सीलाई ५ गोलले हरायो
बैशाख १२, २०८१ बुधबार
रुपन्देही - रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
दुर्घटनामा परेर सिद्धार्थ नगरपालिका-४ का २७ वर्षीय देवेन्द्र चौधरी र कोटहिमाई गाउँपालिका-३ मर्यादपुरका २७ वर्षीय नौसाप दर्जी, पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१२ पथगावाका १२ वर्षीय प्रदिप ठाकुरको मृत्यु भएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
तीनै जनाको भैरहवामा रहेको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते सिद्धार्थ नगरपालिका-४ का ३० वर्षीय अनिल यादवको भैरहवामा उपचार भइरहेको छ ।
नवलपरासीको परासीबाट भैरहवाका लागि छुटेको लु २ च ६७५६ नम्बरको कार रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागढको हुलाकी सडकखण्डमा अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको प्रहरीले जनाएको छ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।