लकडाउनपछि निजी गाडीमा बढ्दो आकर्षण

 साउन २४, २०७७ शनिबार ११:५०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net


काठमाण्डौ - पछिल्लो समय निजी गाडीमा नागरिकको आकर्षण बढिरहेको पाइएको छ । 

कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि भएको लकडाउनको समयमा सार्वजनिक गाडी बन्द भएको, जोर/बिजोरमा नम्बर प्रणाली लागू भएको र सार्वजनिक गाडी चले पनि असुरक्षित भइएको भन्दै आफैँ गाडी किन्नेको संख्या बढेको हो ।

यातायात व्यवस्था कार्यालयका अनुसार साउन १ देखि बिहीबारसम्म तीन हजार ६४१ मोटरसाइकल बिक्री भएको छ । असार महिनामा ६ हजार ५ सय ६६ वटा मोटरसाइकल बिक्री भएको थियो । लामो समयसम्म लकडाउन भए पनि मोटरसाइकल र स्कुटरको खरिद बिक्री गएको वर्षभन्दा कम नभएको कार्यालयका प्रमुख दीपककुमार पोखरेलले बताउनुभयो । 

उहाँका अनुसार कार्यालयमा नयाँ खरिद मात्रै नभएर नामसारीका लागि पनि धेरै सेवाग्राही पुग्ने गरेका छन् । सेवाग्राहीको एकै पटक भीडभाड हुने भएकाले कार्यालयले भीड कम गर्न जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका गाडीको दर्ता गरिरहेको छ । 

नयाँ खरिद र नामसारी बढिरहँदा कार्यालयमा जम्मा हुने राजस्व गएको वर्षभन्दा बढी हुने देखिएको छ ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया