भ्रष्टाचारको आरोपमा पक्राउ परेका गाउँपालिकाका लेखापालसहित ४ जना छुटे

 साउन २४, २०७७ शनिबार १३:४७:११ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा भ्रष्टाचारको आरोपमा पक्राउ परेका गाउँपालिकाका लेखापालसहित ४ जना छुटेका छन् । 

गाउँपालिकाको बजेट आफ्नो, श्रीमती र भतिजाको खातामा हालेर भ्रष्टाचार गरेको आरोप लागेका लेखापाल हेमन्त के.सी, लेखा सहयोगी उनका भतिजा सुवास के.सी., भाइ विकास के.सी र अर्का भतिजा भीमसेन के.सी हिजो बेलुका छुटेका हुन् । 

अस्ति राति साढे ९ बजे कार्यालयको मुख्यगेट बन्द गरी कागजात मिलाउन लगिरहेको अवस्थामा प्रहरीले पक्राउ गरिएको थियो । सुवास गाउँपालिकाले करारमा नियुक्त गरेका लेखा सहयोगीमा हुन् भने विकास सानीभेरी गाउँपालिका-१ को शीतल माध्यमिक विद्यालय पक्रैंयाका प्रधानाध्यापक हुन् । भीमसेनले एक सामुदायिक विद्यालयमा पढाउँदै आएका छन् । 

आर्थिक वर्ष ०७६/०७७ को बजेटबाट २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ लेखापाल के.सीले सिम्रुतुमा रहेको  लक्ष्मी बैंकमा रहेको आफूसहित पत्नी बिर्मा र भतिजा सुवासको नाममा जम्मा गरेका थिए । 

घटनाबारे जानकारी पाएपछि गाउँपालिकाले छानबिन गर्न कार्यदल गठन गरेको थियो ।  कार्यदलले छानबिन सुरु गरेपछि सबै रकम उनीहरुले गाउँपालिकाकै खातामा फिर्ता गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया