भारतीय क्रिकेट टिमका पूर्व कप्तान धोनी प्रशिक्षणमा फर्किए

 साउन २४, २०७७ शनिबार १४:३३:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी प्रशिक्षणमा फर्किएका छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल)को मिति तय भएपछि धोनीले प्रशिक्षण थालेका हुन् । ३८ वर्षीय धोनीले राँचीमा रहेको झारखण्ड स्टेट क्रिकेट एसोसियसनको मैदानमा प्रशिक्षण सुरु गरेका समाचार एजेन्सीहरुले जनाएका छन् ।

धोनीले गएको  हप्ता एसोसियसनको मैदान भ्रमण गरेका थिए । उनले इनडाेर सुविधासहित अभ्यास गरिरहेका छन् ।चेन्नई सुपर किङ्सका कप्तान धोनीले सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । तर, आईपीएलबाट उनी राष्ट्रिय टिममा फर्कने तयारीमा छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया