नेपालमा रहेको कोभिड–१९ को अणुवांशिक जिनको अध्ययन शुरु

 साउन २४, २०७७ शनिबार १६:४३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा रहेको कोभिड–१९ को अणुवांशिक जिन सिक्वेन्सिङको अध्ययन शुरु भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ का १५ जना सङ्क्रमितको नमूना लिएर जिन सिक्वेन्सिङको प्रक्रिया शुरु गरेको हो । परिषद्ले नेपाली वैज्ञानिक विज्ञ र अनुसन्धानकर्ताबाट पहिलोपटक निजी प्रयोगशालामा जिन सिक्वेन्सिङ थालिएको परिषद्का कार्यकारी निर्देशक डाक्टर प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

नेपालमा सङ्क्रमितमा रहेको कोभिड–१९ को जिन कस्तो प्रकारको रहेको भनेर अध्ययन थालिएको हो । अध्ययनबाट यहाँ रहेको कोभिड–१९ को भाइरस कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्नेछ । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डाक्टर मेगनाथ धिमालले फरक फरक सङ्क्रमित व्यक्तिको नमूना लिएर जिन सिक्वेन्सिङ गर्न थालिएको बताउनुभयो ।

उहाँका अनुसार सङ्क्रमित भएर ज्यान गुमाएका, सङ्क्रमित भएर निको भएका, लक्षणरहित र सामान्य सङ्क्रमित, बालबालिका, युवा र वृद्धा सङ्क्रमित तथा फरकफरक देशबाट आएका सङ्क्रमितको नमूना सङ्कलन गरेर जिन सिक्वेन्सिङ गर्न थालिएको डाक्टर धिमालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया