३७८ जना नयाँ कोरोना सङ्क्रमित थपिए, ज्यान गुमाउनेको सङ्ख्या ७३ पुग्यो

 साउन २४, २०७७ शनिबार १६:५२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  नेपालमा पछिल्लो २४ घण्टामा ३७८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै २२ हजार ५ सय ९२ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिलेसम्म १६ हजार ३ सय १३ जना उपचारपछि निको भएका जानकारी दिनुभयो । अहिले ६ हजार २ सय ६ जना कोरोनाको सक्रिय सङ्क्रमित छन् । उनीहरु आइसोलेसनमा छन् ।

यस्तै १० हजार सात सय ९२ जना क्वरेण्टीनमा छन् । यस्तै कोरोनाका कारण नेपालमा अहिलेसम्म ७३ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया