काठमाण्डौ पनि सक्रिय सङ्क्रमित हुने जिल्लाको सूचीमा, उपत्यकामा ६२ जना सङ्क्रमित थपिए

 साउन २४, २०७७ शनिबार १७:०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । उपत्यकामा आज थप ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाण्डौमा ५६, भक्तपुरमा ३ र ललितपुरका ३ जनामा कोरोना सङ्क्रमणकाे पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

यस्तै आज काठमाण्डौ पनि उच्च जोखिमयुक्त जिल्लाको सूचीमा परेको छ । मन्त्रालयले ५ सय भन्दा धेरै संक्रमित हुने जिल्लालाई सक्रिय सङ्क्रमित जिल्लाको सूचीमा राख्ने गरेको छ ।

आज काठमाण्डौसँगै पर्सा, रौतहट र महोत्तरी सक्रिय सङ्क्रमित हुने जिल्लाको सूचीमा छन् । यस्तै, सात जिल्ला खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला भने शून्य सङ्क्रमित जिल्लाको सूचीमा छन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

1 Comments

  • नारायण बस्न्यात , त्रियुगा न पा, उदयपुर

    Aug. 9, 2020, 1:04 a.m.

    २४ घन्टाभित्र काठमान्डाैमा ६२ जनामा पि सि आर पोजेटिभ देखियसगै अब नेपालको मुटु तथा रास्ट्रपति, प्रधानमन्त्री निवास लगायत देशको मुख्य प्रशाशनिक सन्यन्त्रहरुको धरोहर , काठमाडाै पनि सक्रिय कोरना सन्क्रमित जिल्लाको सुचिमा सुचिकृत हुनपुगेको खबरले राजधानी वासीमा खतराको घण्टी बजेको छ। साथै काठमान्डाैमा त सुरक्षाका सन्यन्त्रहरु प्रभावकारी नभएको अवस्थामा देशका दुरदराजका बस्तीहरुमा के अपेक्षा गर्नु?

  •  0 Reply

तपाईको प्रतिक्रिया