नेपालमा फेरि मनसुन सक्रिय हुने

 साउन २४, २०७७ शनिबार १७:३८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा फेरि मनसुन सक्रिय हुने भएको छ । भोलिदेखि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार भोलि मनसुनी न्यूनचापीय रेखा नेपालको तराई नजिक आउने सम्भावना छ । यसले गर्दा अबको दुईतीन दिन लगातार वर्षाको अनुमान गरिएको छ । आज राति काठमाण्डौमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ ।

भोलिदेखि भने सबैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।

आज प्रदेश १, बागमती प्रदेश,गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । यस्तै, यी प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिराे जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

मनसुनको समयमा पनि जुलाई र अगस्ट महिनामा धेरै वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसमविद्को सल्लाह छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया