नेकपा एमालेको प्रतिनिधि परिषद् बैठक शुरु
बैशाख ८, २०८१ शनिबार
मोरङ – प्रदेश १ मा आज ६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा १० र ३ जना प्रदेश १ बाहिरका जिल्लाका रहेका छन् ।
मोरङको विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १/१ जना महिला, सुनसरीको धरानका २ महिला, २ पुरुष, दुहवीका ३ पुरुष १ महिला, इनरुवाका २ पुरुष, महोत्तरीका १ महिला १ पुरुष र सप्तरीका १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसैबीच मोरङको बुढीगंगामा रहेको आरती स्ट्रीप्स उद्योगमा काम गर्ने १२ जना मजदुरमा कोरोना पोजेटिभ दखिएको बुढीगंगा गाउँपालिकाले जनाएको छ ।
५ सय जनालाई रोजगारी दिएको आरती स्ट्रीप्स उद्योगमा काम गर्ने मजदुरमा सङ्क्रमण देखिएपछि आसपासमा त्रास बढेको छ । सामान्य मापदण्ड समेत पुरा नगरी उद्योग सञ्चालन गरेका कारण सङ्क्रमणको दर बढ्दै गएको स्थानीयको भनाई छ ।
उद्योगहरुमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि आज बुढीगंगा गाउँपालिकाको बोर्ड बैठकले उद्योगमा काम गर्ने मजदुरको अनिवार्य कोरोना परीक्षण थाल्ने निर्णय गरेको वडा नम्बर ४ का वडा अध्यक्ष कासिम मियाँले बताउनुभयो । कोरोना पोजेटिभ देखिएका उद्योग सिल गर्ने समेत निर्णय भएको मियाँले जानकारी दिनुभयो ।
प्रदेश १ मा आज सम्म ५१ हजार ६ सय ६६ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजा ३ सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।