जनकपुर प्रसूति प्रकरण : ५ लाख रुपैयाँमा भयाे मिलापत्र

 साउन २४, २०७७ शनिबार २०:२७:२८ | धनवीर महतो
unn.prixa.net

धनुषा – गलत समूहको रगत चढाएपछि महिलाको ज्यान गएको घटना ५ लाख रुपैयाँमा मिलापत्र भएको छ ।

जनकपुरधामस्थित रामजानकी अस्पतालमा प्रसूति गराउन आएकी महोत्तरीको गौशाला नगरपालिका ११ की २२ वर्षीया गंगा महतोलाई गलत समूहको रगत चढाउँदा शुक्रबार ज्यान गएको थियो । 

आफ्नो गल्ती ढाकछोप गर्न अस्पतालले मृतक परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । पीडित पक्षले भवितव्यमा आफ्नो मान्छेको ज्यान गएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

‘लापरबाही गर्नेलाई कारबाही गर्ने पक्षमा थियौं, तर भवितव्यमा जाहेरी परेपछि दुवैलाई रिहा गरेका हाैं' जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले भन्नुभयाे ।

मृतक महिलाको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयाे ।

मृतकका आफन्त राजेश महतोले आफूहरुलाई मिल्नका लागि अस्पतालले दबाव दिएपछि सहमति गर्न बाध्य भएको बताउनुभएकाे छ । घटनामा संलग्न दोषीलाई कानुन अनुसार कारबाहीका लागि गरिएको प्रयास असफल भएको महतोकाे भनाइ छ ।

घटनापछि प्रहरीले डा. शैलेन्द्र साह र रेडक्रसको रक्तसञ्चार केन्द्रका ल्याब टेक्निसियन नरेश यादवलाई नियन्त्रणमा लिएको थियो । तर अस्पताल प्रशासनले पीडितसँग मिलापत्र गरेको हो । जसको कारण उनीहरुलाई छाड्नुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।

 

अन्तिम अपडेट: चैत ३०, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया