जगातीमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गयो

 साउन २५, २०७७ आइतबार ७:५०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुरको जगातीमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ । 

गएराति बा १९ च ३३८४ नम्बरको जीप र बा ६६ प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका भक्तपुर कमलविनायकका २९ वर्षका सुमन कटुवालको भक्तपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । 

दुर्घटनापछि फरार रहेका जीप चालकको भने खोजी भइरहेको छ ।
 

अन्तिम अपडेट: साउन २६, २०७७

तपाईको प्रतिक्रिया