विद्युत प्राधिकरण ढल्केबरका कार्यालय प्रमुख एक करोड २४ लाख घुससहित पक्राउ

 साउन २५, २०७७ आइतबार ७:५३:१८ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास शाखाले नियन्त्रणमा लिएको छ ।

शनिबार काठमाण्डौ आइरहेका गुप्तालाई एक करोड २४ लाख ९१ हजार १ सय ४५ रुपैयाँ बराबरको चेकसहित अख्तियारको टोलीले सिन्धुली कमलामाई नगरपालिका-९ बाट पक्राउ गरेको हो ।

प्रक्रिया नपुर्याएर भुक्तानीका लागि चेक लिएर काठमाण्डौतिर लागेपछि आयोगको बर्दिबासबाट गएको टोलीले गुप्तालाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो । 

गुप्ता भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानीका लागि भन्दै चेक काटेर हिँडेको पाइएको उहाँले बताउनुभयो । पक्राउ परेका गुप्ता प्राधिकरणको उपप्रबन्धक (नवौँ तह) का कर्मचारी हुन् ।


 

अन्तिम अपडेट: चैत १०, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • Hari

    Aug. 9, 2020, 9:31 p.m.

    यो घुस होइन हौ उज्यालो सहकर्मी मित्र ! अख्तियारले पनि घुस भनेको छैन । यो आफ्नै कार्यालयको चेक हो । कमिसन पाउनको लागि पार्टि पेमेण्ट गर्न हिँडेका हुन् ! यसमा सायद ५/१० प्रतिशत असुल गर्थे होला ।

  •  0 Reply

तपाईको प्रतिक्रिया