भारत : कोरोनाका बिरामी राखिएको एक होटलमा आगलागी, सातको ज्यान गयो

 साउन २५, २०७७ आइतबार ८:५९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारत आन्ध्र प्रदेशको विजयवाडामा एक होटलमा आगलागी हुँदा ७ जनाको ज्यान गएको छ । 

कोरोना संक्रमण पुष्टि भएकाहरुलई राख्न एउटा निजी अस्पतालले प्रयोग गरिरहेको स्वर्ण प्यालेस होटलमा आगलागी भएको भारतीय संचारमाध्यमले जनाएका छन् । 

होटलमा ४० जना रहेका बेला आगलागी भएको हो । आन्ध्र प्रदेशका गृहमन्त्री मेकाथोटी सुचरिताले विद्युत सर्ट भएर आगो लागेको जानकारी दिनुभएको छ ।

घटनाको थप विवरण आउँन बाँकी छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया