कोरोनाको जोखिम बढेपछि शनिबार रातिदेखि नेपालगञ्जमा सिल

 साउन २५, २०७७ आइतबार ९:३३:२८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - बाँकेमा समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि शनिबार रातिदेखि नेपालगञ्ज क्षेत्र पूर्णरुपमा सिल गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जिल्लाभर मंगलबार रातिसम्म निषेधाज्ञा जारी नै रहेको जानकारी दिनुभयो । 

सिल गरिएको क्षेत्रमा नेपाली सेनाले सुरक्षाको व्यवस्थापन गरेको छ । सिल गरिएको क्षेत्रमा  मङ्गलबार राति १२ बजेसम्म स्वास्थ्य,सुरक्षा, एम्बुलेन्स, शववाहन, दमकलबाहेकका सम्पूर्ण गाडी, पसल व्यवसाय सञ्चालन र हिँडडुलमासमेत पूर्ण निषेध गरिएको छ । 

नेपालगञ्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोकसम्म, गणेशमान चोकदेखि चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँके गाउँसम्म, बाँके गाउँदेखि रिङरोड,आर्मी ब्यारेक हुँदै नहरपुर्वाचोकसम्म, नहरपुर्वा चोकदेखि बसपार्क रोड हुँदै पुष्पलाल चोकसम्मको चारकिल्ला भित्रको क्षेत्र सिल गरिएको हो । 

निर्णयको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन,२०२८ अनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया