गाेङ्गबुमा सुटकेसभित्र भेटियाे शव

 साउन २५, २०७७ आइतबार १२:४३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डाैकाे गाेङ्गबु गणेशस्थान नजिकै एक पुरुषको शव भेटिएको छ । 

टाउको काटिएको अवस्थामा भेटिएको शवको अहिलेसम्म सनाखत हुन सकेको छैन । गोङ्गबु चोकबाट गणेशस्थान जाने बाटोमा टाउको विनाको शव भेटिएको हो । शव टुक्राटुक्रा पारेर सुटकेसमा फालिएको अवस्थामा भेटिएको हो ।

सुटकेसबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । शव भेटिएको सुटकेसभन्दा टाउको केही पर भेटिएको प्रहरीले जनाएको छ । शव भेटिएपछि प्रहरी उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घटनास्थल पुगेको थियो । शव भेटिएपछि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो ।

घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाण्डाै र महानगरीय अपराध महाशाखाको टोली परिचालन गरिएको छ । शव पोस्टमार्टमकाे लागि अस्पताल पठाइएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया