रसुवागढी नाका जोड्ने सडक एक हप्तापछि खुल्यो

 साउन २५, २०७७ आइतबार १४:६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवागढी नाका जोड्ने सडक एक हप्तापछि खुलेको छ । गएको साउन १९ गतेदेखि अवरुद्ध सडक आज बिहान ११ बजेदेखि सञ्चालनमा आएको हो ।

भार्खु डाँडामा कटान गरेको सडकमा नयाँ ट्र्याक खोलिएको रसुवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले बताउनुभयो ।

पहिरोले झण्डै ५० मिटर सडक कटान गरेर एक मिटरमात्र बाँकी थियो । सडक डिभिजन कार्यालय नुवाकोटले एक हप्तापछि सडक सञ्चालनमा ल्याएको हो ।

यस क्षेत्रमा टेवा पर्खाल निर्माण गरी दुईतर्फी सडक सञ्चालनमा ल्याउने भनिए पनि नयाँ ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याइएको हो । रसुवागढी नाका जोड्ने छोटो दुरीको मैलुङ–स्याफ्रुबेसी सडक भने वर्षाभरि सञ्चालनमा नआउने भएको छ ।

रसुवाका अन्य क्षेत्रमा पहिरोले बन्द भएका सडक भने सञ्चालनमा आइसकेकाे डीएसपी सुवेदीले जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया